पाकिस्तानले काबुलमा नियमित उडान गर्ने
नेपालखोज
२०७८ भदौ २७ गते १३:०९

इस्लामावाद । पाकिस्तानको सरकारी एयरलाइन्स, पीआईएले नियमितरुपमा इस्लामावाद–काबुल उडान पुनःसुरु गर्ने भएको छ ।
पाकिस्तानको एयरलाइन्स, पीआईएले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने पनि जनाएको छ । पकिस्तान एयरलाइन्सले आइतबार विज्ञप्ति प्रकाशन गरेर सो जानकारी दिएको हो ।
सो एयरलाइन्सले यसअघि रोकिएको उडान अब सोमबारबाट नियमितरुपमा सुचारु गर्ने जनाएको हो । अफगानिस्तानमा तालिबानीले हमला गरेर सत्ता कब्जा गरेपछि पाकिस्तानको यो एयरलाइन्सले पनि आफ्ना सबै उडान बन्द गरेको थियो ।
त्यसयता यहाँका कैयौँ विदेशी विमान सेवा कम्पनीले उडान बन्द गरेका थिए । तर अरु देशका यी कम्पनीले भने उडान सुरु गरेका छैनन् । रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया