शनिबार, जेठ ४, २०८२

चन्द्रागिरिका विद्यालय असोज १ गतेदेखि खुलाइने

नेपालखोज २०७८ भदौ ३० गते ११:३४


काठमाडौं । चन्द्रागिरि नगरपालिकाले अगामी असोज १ गतेदेखि खुलाउने भएको छ ।

गत वैशाख दोस्रो सातादेखि महामारीका कारण बन्द भएको रहेका विद्यालय जनस्वास्थ्यको मापदण्ड कायम गरी सञ्चालन गर्न दिने नगरप्रमुखस्तरीय बैठकले निर्णय गरेको हो । १५ वडा रहेको सो नगरपालिकाभित्र निजी र सामुदायिक गरी ८० विद्यालय छन् । काठमाडौंको गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाले विद्यालय सञ्चालन गरिसकेका छन् ।

यसैविच कोरोना महामारी कारण लामो समयदेखि बन्द रहेको दमकका विद्यालय आगामी असोजको पहिलो सातादेखि खुलाइने भएको छ ।
कोरोनाको जोखिम केही कम भएको जनाउँदै दमक नगरपालिकाले आफ्ना मातहतमा रहेका शैक्षिक संस्थालाई विद्यालय सञ्चालन गर्न निर्देशन दिएको शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिए ।
नगरपालिकाले विद्यालय सञ्चालनका लागि निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापकसँग सुझाव माग गरेको थियो । सोही सुझावका आधारमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए । रासस

प्रतिक्रिया