मंगलबार, वैशाख १८, २०८१

नेप्से उच्च अंकले घट्दा ९ अर्ब ३ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७८ भदौ ३१ गते १५:४०

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन ४० अंंकले घटेको नेप्से आज बिहीबार पुनः ७६ दशमलव ६५ अंकले घटेर २८ सय १२ दशमलव ३८ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ७३ अंकले घटेर पाँच सय २५ दशमलव ७८ अंकमा झरेको छ । दुई सय २९ वटा कम्पनीहरुको एक लाख १३ हजार आठ सय सात पटकको कारोबारमा एक करोड ६४ लाख ६८ हजार पाँच सय आठ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम नौ अर्ब तीन करोड ३९ लाख छ सय २३ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहको सूचक घटेर आज नेप्से पुरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ४१ दशमलव १४ अंकले घटेर एक हजार नौ सय सात दशमलव ५५ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि तीन सय ८३ दशमलव सात अंकले घटेर १२ हजार छ सय ८० दशमलव ५६ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि चार सय ५२ दशमलव ५९ अंकले घटेर १५ हजार सात सय ९३ दशमलव ४६ अंकमा झरेकोमा विकास बैंक, जलविद्युत, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुहिक लगानी कोष र लगानी समूहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।

आज मनकामना स्मार्ट लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर आठ सय ९९ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य भने आठ दशमलव १७ प्रतिशतले घटेर नौ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता छ सय ५४ रुपैयाँ अन्तिम मूल्यमा ३८ करोड ६० लाख ४३ हजार पाँच सय आठ रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ । योे आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया