अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह
नेपालखोज
२०७८ असोज ३ गते १४:०८
काठमाडौं । चिनियाँ दूतले अफगानिस्तानलाई सहयोग गर्न विश्व समूदायसँग आग्रह गरेका छन् । अफगानिस्तानलाई सहयोग गर्न आवश्यक आवश्यम रहेको उनको भनाइ छ ।
हाल अफगानिस्तानलाई मानवीय सहायताको खाँचो रहेकोले सहयोग गर्नुपर्ने बताए । अफगानिस्तानको क्षेत्रीय अखण्डता र उनीहरुको स्वतन्त्रताको सम्मान गर्दै सबै विदेशी समूदायले सहयोग पुर्याउनु पर्ने उनको धारणा थियो ।
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ उप प्रमुख स्थायी प्रतिनिधि दाइ बिङले सो धारणा राखेका हुन् । उनले अहिले पनि अफगानिस्तान अन्तर्राष्ट्रिय आतंकवादीहरु जम्मा हुने ठाउँ बन्ने खतरा रहेको भन्दै अफगानिस्तानलाई यस्तो ठाउँ हुन दिनबाट बचाउन र त्यहाँका नागरिकलाई सहयोग गर्नका लागि विश्व समूदायलाई आग्रह गरे ।
अहिले पनि अफगानिस्तानमा सहयोग र मानवीय सहायताका कार्यक्रमहरु लिएर जानुपर्ने उनले बताए । रासस
सम्बन्धित
प्रतिक्रिया