सोमबार, असार २३, २०८२

प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने तयारी

नेपालखोज २०७८ असोज ४ गते ७:०६

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । भदौ २९ गतेपछि आज बैठक बस्न लागेको हो ।

यसअघि नेकपा एमालेले गरेको अवरोधका कारण नियमित रुपमा बैठक सञ्चालन हुन सकेको थिएन ।

सभामुख सापकोटाले संसदको अवरोध हटाउन सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले भने बहिष्कार गरेको थियो ।

एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ ।

प्रतिक्रिया