आइतबार, असार १५, २०८२

स्पेनको कनेरीद्वीपमा ज्वालामुखी विस्फोट, भूकम्प पनि जानथाल्यो

नेपालखोज २०७८ असोज ४ गते १२:४८

मेड्रिड । स्पेनको ला पाल्मास्थित एटलान्टिक द्वीपमा ज्वालामुखी विस्फोट हुन थालेको छ । त्यहाँको सरकारी टेलिभिजनले कालो धुवाँको मुस्लो उक्त क्षेत्रबाट निस्किएको देखाएको छ ।
केनरी द्वीप ज्वालामुखी संस्थानले ज्वालामुखी विस्फोटको सूचना दिएको छ । स्पेन प्रशासनले ला पाल्माको एटलान्टिक द्वीपबाट आईतबारदेखि नै मानिसहरुलाई निकाल्न थालिसकेको थियो । त्यहाँ भूकम्प र ज्वालामुखी विस्फोट हुनसक्ने चेतावनी विशेषज्ञहरुले पहिले नै दिइसकेका थिए ।

सरकारी विशेषज्ञले त्यहाँ ज्वालामुखी विस्फोटको भन्दा पनि भूकम्पको खतरा रहेको अनुमान गरेका थिए । सरकारी अधिकारीहरुले भूकम्प जाने अनुमान गरिएको क्षेत्र नजिकका गाउँहरु बाट मानिसहरुलाई निकाल्न थालेको विभिन्न समाचार संस्थाहरुले बताएका छन् ।

गयो ३.८ रेक्टरको भुकम्प
आईतबारै त्यहाँ ३.८ रेक्टरको भुकम्प गयो । ज्वालामुखी जोखिम रोकथाम योजनाका वैज्ञानिकहरूले त्यहाँ भुकम्पको तिव्र झट्का अझै आउन सक्ने अनुमान गरेका छन् । जसले ठूलो नोक्सानी हुनसक्छ । घर तथा भवनमासमेत नोक्सान पुग्न सक्छ । एटलान्टिक द्वीपको दक्षिण–पश्चिमी तटका पहाडबाट चट्टान खस्न सक्ने अनुमान वैज्ञानिकहरुले गरेका छन् । पछिल्लो पटक त्यहाँ १९७१ मा ज्वालामुखी विस्फोट भएका थिए ।

लगातार लाभा, धुवाँ र खरानी निस्कँदै
ज्वालामुखीबाट लाभा, धुवाँ र खरानी निस्किरहेको त्यहाँबाट प्रसारित टीभीमा प्रस्ट देखिन्छ । ज्वालामुखी विस्फोटबाट हालसम्म कसैको ज्यान भने गएको छैन । विस्फोटले ठूलो धनजनको क्षती भएको बताइएको छ । आपतकालीन योजनाअन्तर्गत एल पासो, तजाकोर्ट र लास लानोस डी एरिडेन गाउँबाट करीब ५ हजार मानिसलाई अन्यत्र सारिएको छ । रेस्क्यू अभियानका कर्मचारीले आपतकालीन स्थितीमा मानिसलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर काम गरिरहेको बताइएको छ ।

प्रतिक्रिया