आइतबार, असार १५, २०८२

अमेरिकामा गर्भ तुहाउन सहयोग गर्ने डाक्टरविरुद्ध मुद्दा

नेपालखोज २०७८ असोज ५ गते १३:२३

काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा गर्भपतन विरुद्धको नयाँ कानुन उल्लंघन गर्ने चिकित्सक विरुद्ध मुद्दा दायर गरेको छ ।

डाक्टर एलन ब्रेइडले एक पत्रिकामा लेख लेख्दै नयाँ कानुनी समयसीमा नाघेको अवस्थाको एक महिलालाई गर्भपतनमा सघाएको उल्लेख गरेका थिए । लेख मार्फत स्वीकार गर्ने डाक्टरविरुद्ध मुद्दा दायर भएको हो ।

आर्कान्सो र इलिनोई राज्यका वकिलहरूले सोमवार ती डाक्टरविरुद्ध मुद्दा दायर गरेका हुन् । टेक्सस राज्यमा जारी गर्भपतनसम्बन्धी नयाँ कानुनले गर्भधारण भएको छिटोमा छ हप्तासम्मको अवस्थामा गरिने गर्भपतनलाई गैरकानुनी ठहर गरेको छ ।

उक्त नयाँ कानुन यही सेप्टेम्बर महिनाको १ तारिखबाट लागु भएको छ । त्यसअनुसार टेक्सस वा अन्यत्रका जो कोही व्यक्तिले छ हप्ता नाघेको गर्भपतन गर्न सघाउने डाक्टरहरूविरुद्ध मुद्दा हाल्न पाउँछन् ।

प्रतिक्रिया