भारतमा थप २६ हजार संक्रमित थपिए
नेपालखोज
२०७८ असोज ५ गते १३:३२

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट थप २६ हजार संक्रमित थपिएका छन् ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २६ हजार ११५ जना नयाँ संक्रमित थपिएको जनाएको छ ।
योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या तीन करोड ३५ लाख चार हजार ५३४ पुगेको अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २५२ को मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या चार लाख ४५ हजार ३८५ पुगेको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने तीन लाख नौ हजार ५७५ देखिएको छ ।
यो सङ्ख्या १८४ दिनपछिकै सवैभन्दा कम भएको अधिकारीहरुले जानकारी दिएका छन् । यस्तै पछिल्लो एक दिनमा ३४ हजार ४६९ जना सङ्क्रमणमुक्त भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया