आइतबार, असार १५, २०८२

राष्ट्रसङ्घको महासभामा बोल्नदिन तालिबानको आग्रह

नेपालखोज २०७८ असोज ६ गते ८:०२

काठमाडौं । तालिबानले राष्ट्रसङ्घीय महासभामा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनुपर्ने बताएको छ । न्यूयोर्क सहरमा महासभा जारी छ ।

तालिबान समूहका विदेशमन्त्री आमिर खान मुताकीले त्यस्तो अनुरोध सहितको पत्र संयुक्त राष्ट्रसङ्घमा पठाएका थिए । अब महासभाको एक समितिले त्यस विषयको टुङ्गो लगाउनेछ ।

मंगलबार राष्ट्रसङ्घीय बैठक सुरु भएपछि कतारले विश्व नेताहरूलाई एउटा आह्वान गर्दै तालिबानलाई संलग्न गराउन भनेको थियो ।

तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई राष्ट्रसङ्घका लागि आफ्ना राजदूत नियुक्त समेत गरेको छ । गतमहिना अफगानिस्तानलाई नियन्त्रणमा लिएको उक्त समूहले पछिल्लो सरकारका पालामा राष्ट्रसङ्घ पठाइएका राजदूतले यतिखेर आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ ।

प्रतिक्रिया