काठमाडौं महानगरपालिकामा आइतवारदेखि विद्यालय खुल्ने
नेपालखोज
२०७८ असोज ८ गते १०:४५

काठमाडौं । काठमाडौं महानगरपालिकामा आइतवारदेखि विद्यालय खोल्ने भएको छ । कोरोना सक्रमणका कारण वैशाखको दोस्रो हप्तादेखि बन्द रहेका विद्यालय भौतिक रुपमा खोल्ने निर्णय भएको हो ।
महानरपालिकाको शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भौतिकरुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसेर अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर महानगरपालिकामा पेस गर्नुपर्नेछ ।
विद्यालय पुनःसञ्चालन गर्न व्यवस्थापन समितिको बैठक बसेर आपसी समझदारीमा मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाएर महानगरको शिक्षा शाखामा पेस गर्नुपर्ने र शिक्षक, विद्यालय कर्मचारी, चालक सबैले खोप लगाएको हुनुपर्ने प्रावधान बनाइएकाे छ ।
विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य गरिएको छैन ।
सम्बन्धित
प्रतिक्रिया