चीनमा क्रिप्टोकरेन्सी अवैध घोषित
नेपालखोज
२०७८ असोज ८ गते २२:००

चीन । चीनको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीसँग जोडिएको सबै कारोबारलाई अवैध घोषित गरेको छ । केन्द्रीय बैंकले बिटक्वाइन जस्ता डिजिटल मुद्रामा प्रतिबन्ध लगाएको हो ।
पिपल्स बैंक अफ चाइनले भनेको छ, भर्चुअल मुद्रासँग जोडिएको कारोबार गतिविधि अवैध वित्तीय गतिविधि हो । यो मानिसको सम्पत्तिको सुरक्षाका लागि गम्भीर खतरा हो । चीन विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीको बजारमध्ये एक हो ।
चीनमा क्रिप्टोकरेन्सीमा आउने उतारचढावले प्राय क्रिप्टोकरेन्सीको विश्वव्यापी मूल्यलाई प्रभावित गर्ने गरेको छ । चीनको यो घोषणापछि बिटक्वाइनको मूल्य दुई हजार डलरभन्दा धेरैले घटेको छ ।
क्रिप्टोकरेन्सीको व्यापार सन् २०१९ देखि चीनमा आधिकारिक रूपमा प्रतिबन्ध गरिएको छ तर अनलाइनमार्फत् विदेशी विनिमय जारी रहँदै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया