मंगलबार, वैशाख १८, २०८१

‘नेपालसहितका १४ सांसदलाई पदमुक्त गराउने एमालेको माग सम्बोधन गर्न सकिन्न’

नेपालखोज २०७८ असोज ११ गते १६:५३

काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख अग्नीप्रसाद सापकोटाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग सम्बोधन गर्न नसक्ने बताएका छन् ।

महामन्त्री कोईरालाले अध्यादेशबाट दल विभाजन भइसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदहरुलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिएका हुन् ।

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘उनीहरुले के भन्छन् भने माधवकुमार नेपालसहित जति पनि मान्छेहरु छन् । उनीहरुलाई निस्कासन गर्नुस् । त्यो त सभामुखले गर्न सक्नु हुन्न । यसैमा विरोध भइरहेको छ । हाम्रो धारणा के हो भने अब विधेयक आइसकेको छ । २० प्रतिशतले टुक्रयाउन चाहन्छ भने टुक्रिन्छ । ती पार्टीहरु टुक्रियो । जुन विरोधमा आएको छ । त्यही अनुसार फ्लो गर्नु पर्छ ।’

महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको पनि बताए ।

प्रतिक्रिया