मंगलबार, वैशाख १८, २०८१

अफगानिस्तानमा तालिबान आउनु आन्तरिक विषय : परराष्ट्रमन्त्री

नेपालखोज २०७८ असोज १२ गते ९:३३
फाइल तस्विर ।

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अफगानिस्तानमा तालिबान आउनु आन्तरिक विषय भएको बताएका छन् ।

संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई आज बिहान अमेरिकाको न्यूयोर्कमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले मन्त्री खड्काले आन्तरिक द्वन्द्वमा फसेका अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, यमन र मध्यपूर्व क्षेत्रमा शान्ति स्थापनाका लागि पहल गर्न आग्रह गरेका छन्।

उनले ती देशका समस्या समाधान आपसी समझदारीमा हुने विश्वास नेपालले लिएको र नेपाल सधैं शान्ति, स्थायित्व र मानवअधिकारको पक्षमा रहेको बताए ।

महासभालाई सम्बोधनको क्रममा मन्त्री खड्काले कोरोनाविरुद्धको खोपको असमान वितरणले न्यून आय भएका मुलुकमा असर पारेको भन्दै सबैले समान तरिकाले खोप पाउनुपर्ने बताए ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खड्का गत बुधबार न्यूयोर्क गएका थिए ।

प्रतिक्रिया