सोमबार, असार १६, २०८२

उत्तर कोरियाले हानेको ब्यालेस्टिक क्षेप्यास्त्र हालै निर्माण गरिएको !

नेपालखोज २०७८ असोज १३ गते १२:२४


काठमाडौं । उत्तर कोरियाले मंगलबार प्रक्षेपण गरेको भनिएको एक आणविक क्षेप्यास्त्र हालसालै उत्तर कोरियामा निर्माण भएको बताएको छ ।

उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले सो क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको थियो । तर यस विषयमा उत्तर कोरियाको प्रतिक्रिया भने केही आएको छैन ।

यस क्रममा उत्तर कोरियाली सरकारले उक्त क्षेप्यास्त्र हालसालै मात्र बनाएको जानकारी सो समाचार समितिले बुधबार (आज) दिएको हो ।

समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले मंगलबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको थियो । जापानले सो क्षेप्यास्त्र आफ्नो समुद्रमा खसेको जनाएको थियो ।

सो क्षेप्यास्त्र उत्तर कोरियाको एकेडेमी अफ डिफेन्स साइन्स्ले हालै मात्र निर्माण गरेको केसिएनएले जनाएको छ । हिजो उत्तर कोरियाले पुनः क्षेप्यास्त्र हानेको समाचारलाई विश्वका समाचार समितिहरूले सम्प्रेषण गरेका थिए ।

जापान सरकारलाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको थियो ।
जापानले उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको र उक्त क्षेप्यास्त्र आफ्नो देशको सीमा भित्रको समुन्द्रमा खसेको बताएको थियो ।

सो क्षेप्यास्त्र जापानको एक आर्थिक क्षेत्र नजिकको समुद्रमा खसेको अनुमान गरिएको थियो । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । रासस

प्रतिक्रिया