आइसल्यान्डको संसद्मा महिला सांसदको बहुमत

काठमाडाैं । आइसल्यान्डको ताजा आम-निर्वाचनबाट संसद्मा पुरुषको तुलनामा बढी महिला निर्वाचित भएका छन् ।
यसबाट अब त्यहाँको संसद्मा महिलाहरुको बहुमत कायम भएको छ । उत्तरी अटलांटिक क्षेत्रको यो द्वीपीय राष्ट्रमा देखिएको यो संसदीय समीकरण लैंगिक समानताको दृष्टिले संसारमै उदाहरणिय र माइल स्टोन सावित हुने अपेक्षा गरिएको छ ।
गएको आइतबार मतगणना समाप्त हुँदा महिला उम्मेद्वारहरुले आइसल्यान्डको ६३ सदस्यीय संसद् ‘अल्थिङ’ले ३३ सीटमा सफलता प्राप्त गरेका थिए ।
प्रधानमन्त्री क्याटरीन जेकब्सडटिरको नेतृत्वको तीन दलिय गठबन्धन गत शनिबार भएको मतदानमा ३७ सीटमा जित हासिल गरि पुन: सरकार बनाउने दिशामा अगाडि बढेको छ । गठबन्धनले अघिल्लो आम-चुनावको तुलनामा दुई सीट बढी जितेको छ ।
राजनीतिकी प्रोफेसर सिल्जा बारा ओमर्सडटिरका अनुसार गएको एक दशकदेखि आइसल्यान्डको निर्वाचनमा लागु लैंगिक कोटाले अब त्यहाँको राजनीतिमा नयाँ आयाम र एउटा नयाँ मापदन्ड कायम गर्न सफल भएकाे छ ।
प्रोफेसर सिल्जा बारा भन्छिन् , अब आइसल्यान्डमा उम्मेद्वारको चयनमा लैंगिक समानतालाई उपेक्षा गर्ने कुरा स्विकार्य छैन ।
आइसल्यान्डको संसद ‘अल्थिङ’मा मध्य दक्षिणपंथी इडिपेन्डेन्स पार्टीले जितेको सर्वाधिक १६ सीटमध्ये ७ सिटमा महिला उम्मेद्वारले जीत हासिल गरेका छन् भने मध्यमार्गी ‘प्रोग्रेसिव पार्टी’ ले गएको आमनिर्वाचनको तुलनामा ५ सिट बढी जित्दै १३ सिटमा कब्जा जमाएको छ ।
प्रतिक्रिया