सोमबार, असार १६, २०८२

इन्धन आपूर्ति सहज बनाउन सेनाले थाल्यो ढुवानी

नेपालखोज २०७८ असोज १६ गते ८:३९

लण्डन । बेलायतमा सेनाले पेट्रोलियम पदार्थ आपूर्र्ति सहज बनाउन थालेको छ । पछिल्लो समय त्यहाँ आपूर्तिमा समस्या रहेको बीबीसीले जनाएको छ ।

बेलायतभरका पेट्रोल पम्पहरुमा सशस्त्र बलका कर्मचारीले आपूर्ति गर्न थालेको हो । दुई सय भन्दा बढी सेना तथा सशस्त्र बलका कर्मचारीले इन्धन आपूर्ति थालेको बताइएको छ ।

पछिल्ला हप्ताहरुमा चालकको अभावमा इन्धन आपूर्तिमा अवरोध भएपछि बेलायतमा पेट्रोल पम्पहरुमा लामो लाइन हुने गरेको थियो ।

बेलायतमा करिब आठ हजार पेट्रोल पम्प स्टेशनमध्ये करिब एक तिहाइमा मात्र इन्धन उपलब्ध हुँदै आएको छ । आपूर्ति सहज बनाउन सरकारले १५० भन्दा बढी सेनाका ट्यांकरलाई तालिम दिएको बताएपनि आपूर्ति अझै सहज नभएको अधिकारीहरुले जनाएका छन् ।

रक्षा सचिव बेल वालेसले आवश्यकता अनुसार सेनाका ट्यांकर चालकलाई तालिम दिइएकाले यसै हप्ताभित्र आपूर्ति व्यवस्था सहज बनाउने बताए । सरकारले तीन सय भन्दा बढी कर्मचारीलाई इन्धन आपूर्तिका लागि अस्थायी रुपमा काम गर्न अनुमति दिएको बताइएको छ ।

प्रतिक्रिया