सोमबार, असार १६, २०८२

ब्राजिलमा राष्ट्रपति बिरुद्ध प्रदर्शन, तल्लो सदनमा महाअभियोगको मुद्दा

नेपालखोज २०७८ असोज १७ गते ८:३३

रियो दि जेनेरियो । कोरोना महामारी नियन्त्रणमा लापरवाही गरेको भन्दै ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको बिरोध भएको छ ।

राष्ट्रपतिको विरोधमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । ब्राजिलको बिपक्षी दल र ट्रेड युनिएनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौं सर्वसाधारणको सहभागिता रहेको छ ।

महामारी नियन्त्रणमा लापरवाही गरेका कारण ६ लाख भन्दा बढीको ज्यान गुमाउनु परेको भन्दै उनीहरुले राष्ट्रपतिको पदत्यागको माग गर्दै नारबाजी गरे ।

राष्ट्रपतिका कारण देशमा भ्रष्टाचार, गरिबी, भोकमरीको समस्या बढेको भन्दै लोकतन्त्रका रक्षाका लागि जनता एकजुट भएको प्रदर्शनकारीहरुको भनाई छ ।

ब्राजिलको रियो दि जेनेरियो लगाएत १ सय ६० शहरमा एकै समय भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपतिले पदत्याग नगरेसम्म प्रदर्शन जारी राख्ने बताएका छन् ।

यसैबीच राष्ट्रपति बिरुद्ध ब्राजिलको तल्लो सदनमा महाअभियोगको मुद्दा दायर भएका छन् ।

प्रतिक्रिया