बिहीबार, जेठ २, २०८२

जेफ बेजोसलाई उछिन्दै एलन मस्क फेरि बने संसारकै धनी, कति पुग्यो सम्पत्ति ?

नेपालखोज २०७८ असोज १७ गते १४:११

बितेको एक वर्ष देखि संसारका दुई धनी व्यक्ति टेस्लाका प्रमुख एलन मस्क र अमेजनका प्रमुख जेफ बेजोस बीच एक अर्कालाई उछिनेर संसारको नम्बर एक धनी हुने प्रतिस्पर्धा छ । यसक्रममा टेस्लाका सीईओ एलन मस्कले एकपटक फेरि अमेजनका सीईओ जेफ बेजोसलाई नम्बर एकबाट पछाडि धकेल्दै नम्बर दुईमा पुर्‍याएका छन् ।

ब्लूमबर्ग बिलियनेयर्सको इन्डेक्स अनुसार टेस्लाका सीईओ एलन मस्कको सम्पत्तिमा ४.१३ अर्ब डलर बृद्धि भएर २१३ अरब डलर पुगेको छ । यता अमेजनका सीईओ जेफ बेजोसको सम्पत्ति भने १.३ अरब डलर घटेर १९७ अर्ब डलर भएको छ । सम्पत्तिमा भएको बृद्धिसँगै एलन मस्कले एक पटक फेरी जेफ बेजोसलाई पछाडि पार्दै संसारकै सर्वाधिक धनीको कुर्सी खोसेका छन् । अब जेफ यो सुचीको नम्बर दुईमा पुगेका छन् ।

यी दुईको पछि- पछि तेस्रो स्थानमा छन् फ्रान्सका बर्नार्ड अर्नोल्ट जो १६० अर्ब डलरको मालिक हुन् । फेसबुकका सीईओ मार्क जुकरबर्ग १३२ अरब डलरका साथ चौथो स्थानमा छन् ।

लामो समयसम्म संसारको नम्बर एक धनीको सुचीमा रहेका माइक्रोसफ्टका सीईओ बिल गेट्स अहिले १२८ अरब डलर बराबरको सम्पत्तिका साथ पाचौं स्थानमा पुगेका छन् । यो सुचीमा गुगलका संस्थापक ल्यारी पेज १२६ अर्ब डलरका साथ छैठौं तथा सर्जेइ ब्रिन १२१ अरब डलरका साथ सातौं स्थानमा छन् । यसैगरी, भारतिय उद्योगपति मुकेश अम्बानीको सम्पतिमा १.५२ अरब डलरको बृद्धि देखिएको छ र उनी ९६.८ अरब डलर बराबरको सम्पतिका साथ संसारकै एघारौं धनी ब्यक्ति बन्न सफल भएका छन् ।

प्रतिक्रिया