सोमबार, वैशाख १५, २०८२

कोरोनाविरुद्ध २० भन्दा बढी औषधि स्वीकृतिको पर्खाइमा

नेपालखोज २०७८ असोज १७ गते १८:३०

काठमाडौं । कोराना भाइरसको पहिचान करिब दुई वर्ष पहिले चीनमा भएको थियो । यस बीचमा यो खतरनाक भाइरसलाई मात दिने कुनै ठोस औषधी बन्न सकेको छैन । कोरोना लागेपछि अहिले पनि संसारभरका बिरामीलाई अन्य बिरामीमा प्रयोग हुने औषधी दिइन्छ । यद्यपि अब कोरोनासँग लड्न कारोना विरुद्ध कै विशेष औषधी तयार गरिदैछ । भनिन्छ, अहिले करिब २० वटा दवाईको क्लिनिकल ट्रायल भइहेको छ भने कोरोना लागेपछि प्रयोग गर्ने प्रभावकारी औषधीको केही खोज-अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जानकारहरु भन्छन् – केही औषधी चाडैँ नै मानव प्रयोगमा पठाइन सक्छ ।

विज्ञहरुका अनुसार आगामी दिनमा यी औषधी कोरोनाको लहर रोक्न प्रभावकारी एवं इम्युनिटी कम हुनेका लागि रामवाण सावित हुनेछन् । कोभिड विरुद्धको खोपले मानिसहरुको इम्यूनिटी बढाउने काम मात्र गरिरहेको सन्दर्भमा कोरोना भाइरस विरुद्ध प्रभावकारी औषधीको खोजी गरिएको हो किनभने खोपले मात्र मानिसको मृत्यु रोक्न र कोरोना भाइरस विरुद्ध लड्न सम्भव छैन ।

विज्ञहरु भन्छन् – केही मानिस कोरोना विरुद्धको खोप लगाए पनि प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गर्न सक्षम हुँदैनन् । यस्ता मानिसमा भाइरसको संक्रमणको खतरा निरन्तर रहन्छ । फेरि अर्कातिर संसारभर सतप्रतिशत जनसंख्यालाई खोप लगाउन पनि असम्भव जस्तै छ । त्यसैले पनि कोरोना भाइरसको उपचारमा थप औषधी खोज्नु आवश्यक मानिएको हो ।

ट्रायल भइरहेका औषधी

अमेरिकी औषधी निर्माता कम्पनी मर्क एन्ड रिजबैंक बायोथेरेप्युटिक्सको ओरल एन्टिभाइरल औषधी मोलनुपिरवीरले कोरोना विरुद्ध राम्रो काम गरेको दाबा गरिएको छ । यो औषधी प्रयोग गरेपछि कोरोनाका ५० प्रतिशत बिरामीले अस्पतालमा भर्ना भइरहनुपर्ने नपर्ने बताइएको छ भने यो औषधी प्रयोगले मृत्युदर समेत आधा घटाउने दाबी गरिएको छ ।

स्विस औषधी निर्माता कम्पनी रोसद्वारा निर्मित मोनोक्लोनल एन्टिबडीलाई प्रभावहिन तुल्याउने ककटेल औषधी अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत प्रयोग गरेको बताइएको छ । यो राष्ट्रपतिको अन्तिम चरणको प्रयोग चलिरहेको बताइएको छ ।

ब्रिटेनमा ग्लेनमार्कको नाइट्रिक अक्साइड नोजल स्प्रेमा गरिएको अध्ययनमा यो औषधी कोभिड-१९ का रोगीहरुमा भाइरसको लोड कम गर्न र रोग फैलनबाट रोक्न प्रभावकारी भएको बताइएको छ ।

यसका अतिरिक्त अरु पनि धेरै औषधीमा खोज-अनुसन्धान एवम् प्रयोग भैरहेको छ जसमा सीबीसीसी ग्लोबल रिसर्चको निकलोसामाइड, गुफिक बायोसाइन्सेजको थाइमोसिन क्यु-वान इन्जेक्सन, सन फर्माको औषधी प्रमुख छन् ।

प्रतिक्रिया