ताइवानमा चिनियाँ बम वर्षक सैन्य विमान प्रवेश
नेपालखोज
२०७८ असोज १८ गते ६:३०

ताइपेई । ताइवानले आफ्नो हवाई क्षेत्रमा चिनियाँ लडाकू विमानहरू निरन्तर प्रवेश गरेको बताएको दाबी गरेको छ । शनिबारको सैन्य विमानको प्रवेश अहिलेसम्मकै सबैभन्दा बढी भएको ताइवानले बताएको छ ।
शुक्रबार ३८ वटा विमानहरू प्रवेश गरेकोमा शनिबार ३९ वटा विमानहरू प्रवेश गरेका थिए । ताइवानको रक्षा मन्त्रालयले शनिबार दुई पटक गरी ३९ विमान ताइवानको हवाई रक्षा क्षेत्रमा प्रवेश गरेको जनाएको छ ।
शुक्रबार ३८ वटा परमाणु बम वर्षक विमानहरू ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका थिए । चीनले ताइवानलाई आफ्नो मुलुकको हिस्सा मानेको छ भने ताइवान आफूलाई स्वतन्त्र मुलुक दाबी गर्दै आएको छ ।
ताइवानमा पछिल्लो एक वर्षयता लगातार चिनियाँ विमानहरू घुसपैठ भइरहेका छन् । चीनले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । बीबीसी
सम्बन्धित
प्रतिक्रिया