सोमबार, असार १६, २०८२

विमान भवनमा ठोक्किएर दुर्घटना, ८ जनाको मृत्यु

नेपालखोज २०७८ असोज १८ गते ७:२४

इटाली । इटालीको मिलानमा निजी विमान एक भवनमा ठोक्किएर दुर्घटना हुँदा ८ जनाको मृत्यू भएको छ । इटालीको उत्तरी शहर मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्याण्डका लागि उडान भरेको विमान दुर्घटनामा परेको हो ।

मिलानमा रहेको खाली भवनमा दुर्घटना भएको थियो । दुर्घटनामा विमानमा रहेका सबै ८ जनाको ज्यान गएको इटालीका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विमानका पाइलट रोमानियाका अर्बपति ६८ वर्षका ड्यान पिट्रेस्कु थिए । दुर्घटनामा उनीसहित उनर्की श्रीमती र छोराको पनि ज्यान गएको इटालियन सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

विमान ठोक्किएपछि भवन तथा तल रहेका कारमा आगलागी भएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु भएको छ ।

प्रतिक्रिया