‘रामायण’मा रावणको चरित्र निर्वाह गर्ने अरविन्द त्रिवेदीको निधन

नयाँदिल्ली । रामानंद सागरको बहुचर्चित मेघासिरियल ‘रामायण’ मा रावणको चरित्र निर्वाह गर्ने कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ ।
लामो समय देखि विभिन्न रोगसँग लड्दै आएका ८२ वर्षका त्रिवेदी गए राति (मंगलवार ) ह्रदयघातको सिकार भएको बताइएको छ ।
त्रिवेदीको अन्तिम संस्कार आज (बुधवार) बिहान मुम्बईको दहानुकरवाड़ी श्मशान घाटमा गरिदैँछ । अरविन्द त्रिवेदीले टेलिसिरियल रामायण मार्फत मानिसहरुको घर-घरमा परिचय बनाएका थिए ।
रामायणमा रामको चरित्र निर्वाह गर्ने अभिनेता अरुण गोविल तथा लक्ष्मणको चरित्र निर्वाह गर्ने सुनील लहरी देखि लिएर युधिस्ठिर गजेन्द्र चौहान सम्मले सोशल मीडियामा त्रिवेदी प्रति श्रद्धांजलि अर्पण गरेका छन ।
अभिनेता अरुण गोविल लेख्छन् ,‘आध्यात्मिक रूपले रामावतारका कारण र सांसारिक रूपले निकै असल ,धार्मिक एवं सरल स्वभावका मेरा अतिप्रिय मित्र अरविन्द त्रिवेदीजीलाई आज मानव समाजले गुमाएको छ । निस्सन्देह उहाँ सीधै परमधाम जानु हुनेछ र भगवान श्रीराम को सानिध्य प्राप्त गर्नु हुनेछ ।’
कलाकार सुनील लहरीले इंस्टाग्राममा अरविन्द त्रिवेदीको तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘धेरै नै दुखको खबर छ, हामि सबैका प्रिय अरविन्द भाई (रावण अफ रामायण) अब हामि बीच रहनु भएन । भगवानले उहाँको आत्मालाई शान्ति प्रदान गरून् । म निशब्द भएको छु । मैले आफ्ना पिता समानका ब्यक्ति लाई गुमाएको छु जसले हमेशा मलाई सहि बाटो देखाउनु भयो , हमेशा मेरो भलो चाहनु भयो । उहाँ एक भद्र मानिस हुनुहुन्थ्यो ।’
प्रतिक्रिया