नाइजेरियामा गोली प्रहार गरी १० गाउँलेको हत्या
नेपालखोज
२०७८ असोज २२ गते १३:५३

अबुजा । नाइजेरियाको एक गाउँमा अज्ञात बन्दुकधारीहरुले कम्तीमा पनि १० जना गाउँलेको हत्या गरेका छन् । उनीहरुले एक गाउँमा पसेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
त्यसक्रममा कम्तीमा पनि १० जना गाउँलेको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् । नाइजेरियाको उत्तरपश्चिमी कातासिना नामक राज्यको एक दुर्गम गाउँमा सो हत्या भएको हो । उक्त राज्यका प्रहरी प्रवक्ता गाम्बो इसाले सो गाउँमा बन्दुकधारीहरुले दुःखद घटना गरेका बताए ।
उनकाअनुसार नाम नखुलेका ती व्यक्तिले गाउँलेमाथि बन्दुकले हमला गरेका र त्यसमा परेर १० जनाको ज्यान जानुको साथै अरु ११ जना नराम्ररी घाइते भएका छन् ।
घाइतेहरुलाई अस्पताल पुर्याइएको र त्यस हत्यामा सलग्नहरुको खोजी गरी घटनाको अनुसन्धान थालिएको पनि ती प्रवक्ताले जनाएका छन् । – रासस
सम्बन्धित
प्रतिक्रिया