सोमबार, असार १६, २०८२

कंगोमा डुंगा दुर्घटना, सयभन्दा बढीको मृत्यु

नेपालखोज २०७८ असोज २३ गते २०:५८

काठमाडौं । डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा डुंगा दुर्घटनामा परी १०० भन्दाबढी मानिसहरूको मृत्यु भएको वा बेपत्ता भएको अधिकारीहरूले शनिबार बताएका छन्।

कंगोमा भइरहने सामुद्रिक दुर्घटनाको यो पछिल्लो शृङ्खला थियो। यहाँका मानिसहरू देशकै ठूलो कंगो नदीमा असुरक्षित यात्रा गर्न बाध्य छन् । उत्तर पश्चिमी प्रान्त मोंगलाका गभर्नरका प्रवक्ता नेस्टर मग्बाडोले एएफपीलाई जनाएअनुसार सोमबारदेखि मंगलबार रातिसम्म उक्त दुर्घटनामा हराइरहेका ६१ जानको शव निकालिएको छ भने अन्य ६० जना अझै बेपत्ता रहेको विश्वास गरिएको छ।

उक्त दुर्घटनामा ३९ जना यात्रुहरू भने जीवित रहेका छन्। यात्रुको यकिन सङ्ख्या भने जानकारी छैन यो । सङ्ख्या भने डुंगाको क्षमताको आधारमा गरिएको अनुमान मात्र हो । यो एक प्रकारको परम्पारागतरूपमा बनाइएको काठको ढुंगा हो । प्रवक्ताका अनुसार उक्त दुर्घटना रात्रीको समयमा खराब मौसम वा अत्यधिक यात्रुहरूको चापका कारण भएको हुन सक्छ ।

पीडितहरुमा प्रायः प्रान्तीय राजधानी बुम्बामा यात्रा गर्ने फेरीवाला र विद्यार्थीहरु रहेका छन्। प्रवक्ता मग्बाडोले उक्त घटनाको थप अध्ययन र उद्धार कार्य जारि रहेको बताएका छन् ।

प्रतिक्रिया