साफ च्याम्पियनसिप : नेपालले आज बंगलादेशविरुद्ध खेल्दै
नेपालखोज
२०७८ असोज २७ गते ७:१७

काठमाडौं । साफ च्याम्पियन्सिप अन्तर्गत राउण्ड रोबिनको अन्तिम खेलमा नेपालले आज बंगलादेशविरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार राति ४ः ४५ मा हुँदै छ ।
यसअघि आयोजक माल्दिभ्सलाई १–० गोल र श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपालले प्रतियोगितामा लगातार दुई खेल जितेर उत्कृष्ट शुरुवात गरेको थियो । भारतसँग भने १–० को हार बेहोरेको छ ।
आज हुने दुई खेलले फाइनल पुग्ने दुई टोलीको तय हुनेछ । ३–३ खेलमा समान ६ अंक भएका माल्दिभ्स शीर्षस्थानमा, नेपाल दोस्रो स्थानमा, भारत ५ अंकका साथ तेस्रो स्थानमा र बंगलादेश ४ अंकसहित चौथो स्थानमा रहेको छ । श्रीलंका भने ४ खेलमा केबल १ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपालले बंगलादेशसँग कम्तिमा बराबरी खेले मात्र पनि फाइनलमा पुग्ने छ । नेपाल पराजित भएमा भने प्रतियोगिताबाट बाहिरिने छ ।
सम्बन्धित
प्रतिक्रिया