आइतबार, वैशाख १६, २०८१

सबैभन्दा बढी ऋण लिने १० देश

नेपालखोज २०७८ असोज २८ गते ८:१४

काठमाडौं । नेपाल आफैं पनि विदेशी ऋणमा निर्भर देश हो । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले देशलाई ठूलो ऋण भार बोकाएको भनेर चर्को आलोचनाको सामनासमेत गर्नुपरेको थियो । यद्यपि नेपाल संसारका १० ठूला ऋणी मुलुकमा पर्दैन । यो सूचीमा दक्षिण एसियामा पर्ने नेपालका दुई छिमेकी पाकिस्तान र बंगलादेश भने समावेश छन् ।

विश्व बैंकको एउटा ताजा रिपोर्टअनुसार, संसारका सबैभन्दा ठूला ऋणी मुलुक अंगोला, बंगलादेश, इथियोपिया, घाना, केन्या, मंगोलिया, नाइजेरिया, पाकिस्तान, उज्वेकिस्तान तथा जाम्बिया हुन् । जसको टाउकोमा सर्वाधिक ऋणभार छ ।

विश्व बैंकद्वारा जारी अन्तर्राष्ट्रिय ऋणको तथ्यांकअनुसार सन् २०२० को अन्त्यसम्म यी दश मुलुकको कुल ऋण ५०९ विलियन डलर थियो जुन अघिल्लो वर्ष अर्थात् सन् २०१९ को तुलनामा १२ प्रतिशतले बढी हो ।

यी देशले अलग-अलग ब्याजदरमा ऋण लिएका छन् भने उनीहरुले लिएको ऋण कुल विदेशी ऋण को ५९ प्रतिशत हो ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया