मंगलबार, असार १७, २०८२

भारतको उत्तराखण्डमा बाढी, ४७ जनाको मृत्यु

नेपालखोज २०७८ कार्तिक ३ गते १२:३८

काठमाडौं । भारतको उत्तराखण्डमा आएको बाढीमा परि ४७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बाढीले सबैभन्दा बढी उत्तराखण्डको कुमाऊ भन्ने ठाउँमा क्षति पुर्‍याएको जनाइएको छ ।

त्यहाँ बाढीका कारण धेरै घरहरु भत्किएको बीबीसीले उल्लेख गरेको छ । डीआईजी निलेश आनन्द भरानका अनुसार कुमाऊ क्षेत्रमा मात्र मृत्यु हुनेको संख्या ४० नाघेको छ । अधिकारीले बताए अनुसार नैनीताल जिल्लामा २८, अल्मोडा र चम्पावतमा ६/६ पिथौरागढ र उधम सिंह नगरमा १/१ जनाको मृत्यु भएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले वर्षासँग सम्बन्धित घटनामा ज्यान गुमाएकाका परिवारलाई ४/४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया