चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने
नेपालखोज
२०७८ कार्तिक ५ गते १२:१५
काठमाडौं । चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका ताइवानको प्रतिरक्षामा उत्रिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।
ताइवानमाथि चीनले बढाउँदै लगेको दबावबारे सोधिएको प्रश्नमा राष्ट्रपति बाइडेनले यस्तो जवाफ दिएका हुन् ।
राष्ट्रपति बाइडेनको यो भनाइलाई अमेरिकाले लामो समयदेखि अवलम्बन गर्दै आएको चीन सम्बन्धि नीतिको प्रस्थान बिन्दु मानिएको छ ।
राष्ट्रपति बाइडेनले चीनसँगको द्वन्दको विषयमा आफू चिन्तित नरहेको भन्दै चीन, रुस र बाँकी विश्वलाई अमेरिकी सेना नै सवैभन्दा शक्तिशाली हो भन्ने राम्रोसँग थाहा रहेको बताए ।
सम्बन्धित
प्रतिक्रिया