प्रकाशराज शर्माको नेतृत्वमा लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति, महासचिवमा यादव
नेपालखोज
२०७८ कार्तिक ६ गते ७:२५

काठमाडौं । प्रकाशराज शर्माको नेतृत्वमा लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चुनिएको छ । महासचिवमा भने रामबहादुर यादव र उपाध्यक्षमा मीनबहादुर बोहोरा चयन भएका छन् ।
संघको शुक्रबार सम्पन्न १५औं वार्षिक साधारणसभाबाट शर्मा सर्वसम्मतिले अध्यक्ष बनेका हुन् । उनी लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत हुन् ।
यस्तै कोषाध्यक्ष र सचिवमा क्रमश: प्रेमबहादुर पाठक र केशवकुमार पौडेल चुनिएका छन् । सदस्यहरुमा भने विमला योगी, श्रीराम पोख्रेल, विनोद आचार्य, बद्रीप्रसाद दुलाल, प्रवीणकुमार लामा र गंगाधर पाण्डे चुनिए ।
सम्बन्धित
प्रतिक्रिया