अमेरिकाले अफगानी शरणार्थीहरूलाई पुनःस्थापना गर्ने
नेपालखोज
२०७८ कार्तिक ८ गते ७:४०

काठमाडौं । अमेरिकाले ५५ हजारभन्दा धेरै अफगानी शरणार्थीलाई स्थायी रूपमा बसोबास गर्ने गरी पुनःस्थापना गर्ने भएको छ ।
ती सबै अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएकाहरू हुन् । उद्धार गरिएकाको संख्या ५५ हजार ६ सय रहेको बाइडेन प्रशासनले जनाएको छ ।
अहिले अफगानिस्तानमा, अमेरिकाको पक्षमा काम गर्ने धेरै अफगानीहरू, अमेरिकी सैनिक बेसहरूमा स्थापित शरणार्थी शिविरहरूमा बसोबास गरिरहेका छन् ।
यो कार्यक्रम स्वीकृत भएमा उनीहरूलाई आवास, चिकित्सा, बालबालिका विद्यालय भर्ना लगायतका सेवा सुविधा उपलब्ध हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया