लागुऔषध तस्कर ओटोनियललाई अमेरिका सुपुर्दगी गरिने
नेपालखोज
२०७८ कार्तिक ८ गते ८:५३

बोगोटा । कोलोम्बियाले कुख्यात लागु औषध तस्करीका नाइके ओटोनियललाई अमेरिका सुपुर्दगी गर्ने भएको छ ।
कोलोम्बियाका रक्षामन्त्री डिएगो मोलानोले अमेरिकाले सर्वाधिक खोजी गरिरहेको ओटोनियललाई सुपुर्दगी गर्नु आफ्नो दायित्व भएको बताए । ओटोनियलले सन् २००३ देखि २०१४ को बीचमा ७३ मेट्रिक टन कोकिन अमेरिकामा तस्करी गरेको आरोप छ ।
कोलम्वियाले ओटोनियलको बारेमा जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । अमेरिकाले उनको टाउकोको मुल्य ५० लाख डलर तोकेको थियो ।
कोलोम्बियामा रही बर्षाैंदेखि लागू औषध तस्करीको साम्राज्य चलाउँदै आएका ओटोनियललाई हाल बिशेष सुरक्षा घेराका बीच राजधानी बोगोटाको सैनिक अड्डामा राखिएको छ । उनलाई कोलोम्बियाको सेना र प्रहरीको सयुक्त टोलीले पक्राउ गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया