अफगानिस्तानमा भिडन्त, ७ बालबालिकासहित १७ जना मारिए
नेपालखोज
२०७८ कार्तिक ८ गते १२:३०

काठमाडौं । अफगानिस्तानको हेरात प्रान्तमा तालिबान लडाकु र सशस्त्र समूहबीच भएको भिडन्तमा ७ बालबालिकासहित १७ जना मारिएका छन् ।
पश्चिमी प्रान्त हेरातमा भएको भिडन्तमा एक दर्जनभन्दा बढी मारिएको स्थानीय अस्पताललाई उदृत गर्दै स्पुटनिक समाचार माध्यमले जनाएको छ ।
अफगान अधिकारीका अनुसार ३ महिला, ७ पुरुष र ७ बालबालिका गरी १७ जना मारिएका छन् । शब हेरात प्रान्तको एक अस्पतालमा लगिएको छ । सबैको गोली लागेर मृत्यु भएको हो ।
अफगान अधिकारीका अनुसार तालिबानले हेरातमा आइतबार विशेष कारबाही गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया