साउदी अरेबियाद्वारा यमनमा लगातार बमबारी !

आदेन । साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ । सो बमबारीमा परि भएको क्षतिको बारेमा भने केही बताइएको छैन ।
तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरुले जनाएका छन् । मारिब यमनका विद्रोहीहरुको कब्जामा रहेको सहर हो ।
उक्त सहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका विरुद्धमा कारबाही गर्दै आएको यहाँका अधिकारीहरुले बताएका छन् ।
तेलको धनी मानिने यो सहर यमनका हुथी विद्रोहीहरुको कब्जामा रहेको छ । समयसमयमा त्यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो शहरमा प्रायः हुथीहरुले नै कब्जा गर्ने गरेका छन् ।
उनीहरुको कब्जाबाट मुक्त गर्न नै शनिबारदेखि साउदी अरेबियाको सेनाले निरन्तर रुपमा बमबारी गरिरहेको बताइएको छ । यमनमा विगतका कैयौँ वर्षदेखि विद्रोहीहरुले संघर्ष गर्ने गरेका छन् ।
उनीहरुले खासगरी तेलको धनी भएकाले यही शहरमा नै कब्जा जमाउने गरेका छन् । केही समयअघि सो सहरमा साउदी अरेबिया सरकारको सेनाले गरेको आक्रमणका क्रममा कयौँ मानिस मारिएका थिए । रासस\सिन्ह्वा
प्रतिक्रिया