शनिबार, वैशाख १३, २०८२

मंगलबारका दिन के गर्दा शुभ मानिन्छ ?

नेपालखोज २०७८ कार्तिक ९ गते ५:००

मंगलबार भगवान् गणेशको पूजा अर्चना र व्रत बस्दा भगवान् गणेश खुसी हुने र आफूले चाहेका इच्छा पुरा हुने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको पाइन्छ ।

कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान् गणेशको पूजा गरिन्छ । मंगलबार सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले भगवान् श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

मंगलबारका दिन के गर्दा शुभ मानिन्छ ?

मंगलबार बिहान राम मन्दिर जानुहोस् । मंगलबार हनुमानको दर्शन गर्दा मानिसमा नयाँ उर्जा पैदा हुन्छ । मंगलबार बिहान बच्चाको सिरानीमा फिटकरी राखिदिनुहोस् ।

यसो गर्दा बच्चामा सुत्दा डराउने समस्या हटेर जाने गर्दछ । एउटा धागोमा खुर्सानीमाथि, बीचमा कागती र तल पनि खुर्सानी राखेर कुनै व्यवसाय गरेको ठाउँ वा घरको ढोकामा राख्नुहोस् । यसले नकारात्मक उर्जा समाप्त गर्ने काम गर्दछ । मंगलबार बेलुका हनुमानलाई गुलाब चढाउनुहोस् ।

यसो गर्दा जीवनमा रहेका समस्या समाधान हुन्छन् । मंगलबार रामस्तोत्र पढ्ने गर्नुहोस् । जसले शुभ कामको थालनी गर्दा लाभ प्राप्त हुने वातावरण निर्माण गर्छ । मंगलबार शुद्ध घ्यू वा तेलको बत्ती बालेर मात्रै हनुमान चालिसा पढ्नुहोस् । यसो गर्दा तपाईको मनकामना पूर्ण हुनेछ ।

व्रतको दिन के गर्ने ?

बिहानको समयमा मैनबत्ती या दीप बाल्नुहोस् । बिहानको ध्यान गर्नुहोस् । केही धार्मिक ग्रन्थहरु पढेर आफ्नो दिनको सुरुवात गर्नुहोस् । जब बेलुका घर पुग्नुहुन्छ । हातखुट्टा धुनुहोस् ।

कपडा फेर्नुहोस् अनि चोखो खाना (प्रसाद) बनाउनुहोस् । जस्तै हलुवा, खिरलगायतका खाना । खाना (प्रसाद) प्रेम र सद्विचार अथवा कुनै मन्त्र उच्चारण गर्दै बनाउनुहोस् ।

यो मनन् गर्नुहोस् कि, व्रत या अन्य बेला खाना बनाउँदा पूर्ण रुपमा त्यसमा ध्यान दिनुहोस् र प्रशन्न मन लिएर बनाउनुहोस् अनि मात्र खानाखाने मान्छेको आत्मा तृप्त हुन्छ ।

जब खाना (प्रसाद) तयार हुन्छ, ध्यान अथवा पूजा गर्ने ठाउँमा फलफूल र प्रसाद राख्नुहोस् । पूजास्थानमा दीप, मैनबत्ती या अगरबत्ती बाल्नुहोस् ।

प्रकाशलाई स्वयं भगवान्को उपस्थिति मानिन्छ । यसले ज्ञान र बुद्धि प्रदान गर्छ । फूल, फल र सुगन्ध विश्व, ब्रह्माण्ड शक्तिको भेट मानिन्छ । त्यसपछि परिवार, साथीभाइ वा एक्लै बसेर भगवान्को आरती गर्न सकिन्छ ।

त्यस समयमा भागवत् गीतालगायत आफ्नोअनुसारको धार्मिक ग्रन्थको अध्याय पढ्न सक्नुहुन्छ । अथवा फेरि भजन गाउँदै प्रार्थना गर्न सकिन्छ ।

प्रतिक्रिया