चीनले अफगानिस्तानलाई सहयोग गर्ने
नेपालखोज
२०७८ कार्तिक १० गते ६:४६

बेइजिङ । चीनले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने भएको छ ।
दोहामा चीनसँग उच्चस्तरीय वार्ता भएको एक दिनपछि हिजो बेइजिङले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता दिने वचन दिएको हो ।
तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले चीनको सहायता औषधी र खाद्यान्नका लागि प्रयोग गरिने बताएका टोलो समाचार संस्थाले उल्लेख गरेको छ ।
तालिबानका उपप्रधानमन्त्री मुल्लाह बारादर र चिनियाँ विदेश मन्त्री वाङ यीबीच दोहामा भएको दोस्रो सार्वजनिक भेट वार्तापछि यस्तो घोषणा गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया