भाेकमरीकाे सिकारमा उत्तर कोरिया, मानिसहरू आत्महत्या गर्न बाध्य

काठमाडाैं । कोभिड- १९ नियन्त्रणका लागि उठाइएका कदम तथा बिग्रिएकाे अन्तर्राष्ट्रिय सम्बन्धका कारण आज उत्तर कोरिया गम्भीर भाेकमरीकाे सिकारमा परेकाे छ । स्थिति कतिसम्म खराब हुन थालेकाे छ भने, मानिसहरु खान नपाएर आत्महत्या गर्न बाध्य छन् ।
संयुक्त राष्ट्रसंघकाे एउटा ताजा रिपोर्टका अनुसार उत्तर काेरियाका सम्बन्धमा संयुक्त राष्ट्र संघका एक स्वतन्त्र जांँचकर्ता भन्छन्- ‘उत्तर कोरिया अहिले अन्तर्राष्ट्रिय समुदायबाट जति अलग भएकाे छ, त्यति कहिल्यै भएकाे थिएन ।’
उत्तर कोरियाकाे याे स्थितिकाे असर देशका मानिसहरुकाे मानवअधिकारमा समेत परेकाे छ । संयुक्त राष्ट्रसंघ थाेमस ओजिया क्विन्टानाले संयुक्त राष्ट्रसंघकाे मानवअधिकार समितिलाई बताएअनुसार अहिले उत्तर कोरियामा खानेकुराकाे संकट छ र यसले मानिसहरुकाे आम जीविकामा असर पारेकाे छ ।
बालबालिका तथा वृद्ध
वृद्धाहरु भाेकमरीकाे ठुलो जाेखिममा छन् । क्विन्टानाका अनुसार उनी उत्तर काेरियाका राजनीतिक कैदीहरु राखिने शिविरमा देखिएकाे खाद्यान्नकाे कमीलाई लिएर पनि निक्कै चिन्तित छन् । डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया (उत्तर काेरिया)ले काेराेना महामारी रोकथाम गर्न भन्दै आफ्नो सबै सीमा बन्द गरिदियाे, जसकाे परिणामस्वरूप त्यहाँका मानिसहरुकाे स्वास्थ्यमा गम्भीर असर पर्याे ।
अहिले उत्तर काेरिया आफ्नो देशमा स्वास्थ्यसम्बन्धी आधारभूत संरचनाकाे अभाव र चिकित्सकीय सामग्री आपूर्तिकाे कमीकाे सामना गरिरहेकाे छ ।
क्विन्टाना भन्छन्- ‘कोभिड रोकथाम गर्न उत्तर काेरिया सरकारले लिएकाे याे आत्मघाती कदमका कारण मानिसहरु आत्महत्या गर्न बाध्य भएका छन् ।’
उत्तर काेरियामा मानवअधिकारकाे स्थितिका सम्बन्धमा संयुक्त राष्ट्रसंघका विशेष जांँचकर्ताका रुपमा छ वर्षपछि आफ्नो फाइनल रिपोर्ट दिँदै क्विन्टानाले भने, ‘आवतजावतको स्वतन्त्रतामा प्रतिवन्ध तथा राष्ट्रिय सीमाहरु बन्द गरिएका कारण बाजार गतिविधि अवरुद्ध भएकाे छ जुन मानिसहरुसम्म भोजनसहित अन्य आधारभूत आवश्यकता पुर्याउन अत्यावश्यक छ ।
युएन रिपोर्टकाे आधारमा
प्रतिक्रिया