आज शुक्रवार महालक्ष्मी देवीको पूजा गर्नुहोस । यस्तो छ तपाईको आजको भाग्य हेर्नुहोस ।
शुक्रबारको दिन हिन्दु धर्मावलम्बीहरूले महालक्ष्मी देवीको पूजा गर्ने गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार- सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। शुक्रबारको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिन्छ।
आज २४ माघ २०७६ शुक्रवार को राशिफल
मेष
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।
मिथुन
न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
सिंह
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
तुला
विशिष्ठ व्यक्तिको साथ पाईनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । जोश,जाँगर र हिम्मत बढ्नेछ । अचल सम्पत्तिको कारोवार हुनेछ ।
धनु
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । पुनर्मिलनको योग रहेको छ ।
कुम्भ
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
बृष
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि हुनेछ ।
कर्कट
आज निर्णायक क्षमतामा कमी आउनेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।
कन्या
सन्तान सुख मिल्ने नै छैन । प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ ।
बृश्चिक
पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटाव रहला । सामान हराउने योग छ ।
मकर
आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
मीन
आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवादपनि बढ्ला । – ज्यो.प. नारायणप्रसाद दुलाल
प्रतिक्रिया