यति धन अहिलेसम्म कसैसँग थिएन !

काठमाडौं । अमेरिकी उद्योगपति एलन मस्कसँग अब यति सम्पत्ति जम्मा भएको छ की यति सम्पत्ति आजसम्म यो संसारमा कसैसँग थिएन । भनिन्छ धनको उनको यो ग्राफ नाघ्न त्यति सजिलो पनि छैन त्यसैले अब उनी आगामी केही वर्ष संसारको सर्वाधिक धनीको कुर्सीमा जमेर बस्ने लगभग पक्का छ ।
यो चमत्कार सिर्फ एक दिनमा भएको हो । एलन मस्कको कम्पनी टेस्लाको सेयरमा आएको उछालका कारण पहिलो पटक त्यसको मूल्य १० खर्ब डलर अर्थात् लगभग १ हजार २० खर्ब रुपैयाँ पुग्यो ।
कार भाडामा लगाउने कम्पनी हेर्त्सले टेस्लासँग एक लाख इलेक्ट्रिक भेइकल (ईवी) किन्ने सम्झाैता गरेपछि टेस्लाको सेयरले आकास छुँदै पहिलो पटक एक ट्रिलियन डलरको आंकडा पार गर्यो । यससँगै मस्कको सम्पत्तिमा २५.६ अर्ब डलर अर्थात् करिब ३१ खर्ब रुपैयाँ बृद्धि भयो ।
फोर्ब्स पत्रिकाका अनुसार यो मस्कको पहिलेको कुल सम्पत्तिभन्दा ११.४ प्रतिशतले बढी हो जुन २२५.८ अर्ब डलर हुन आउँछ । यति सम्पती यो पृथ्वीमा आजसम्म कसैसँग भएको आधिकारिक रेकर्ड छैन ।
मस्कको कुल सम्पती संसारका छैठाैं नम्बरका धनी गुगलका ल्यारी पेज तथा साताैं नम्बरका धनी फेसबुकका मार्क जकरबर्गको कुल सम्पत्ति जोडेर हुने धनभन्दा पनि बढी छ । हेर्त्सको अर्डर पछि टेस्लाको सेयरमा करिब १३ प्रतिशत वृद्धि हुँदै १०२४.८६ डलर पुगेको छ ।
कार भाडामा लगाउने संसारकै सबैभन्दा ठुलो कम्पनी हेर्त्सका कार्यवाहक प्रमुख मार्क फील्ड्सले समाचार एजेन्सी एसोसियट प्रेसलाई बताएअनुसार यो नोभेम्बरदेखि नै टेस्लाका कार भाडामा उपलब्ध हुन थाल्नेछन् भने २०२२ को अन्त्यसम्ममा टेस्लाले एक लाख कारको आपूर्ति गरिसक्नेछ । यी कारमा बढी जसो साना मोडलका कार छन् ।
यो एउटा कम्पनीद्वारा गरिएको सबैभन्दा ठूलो इलेक्ट्रिक कारको खरिददारी हो । २०१९ मा अमेजनले इलेक्ट्रिक भ्यान, ट्रक तथा एसयूभी निर्माण गर्ने नयाँ कम्पनी रिभियनसँग एक लाख डेलीभरी भ्यान किनेको थियो ।
अमेजनको लगानी रिभियनमा पनि छ । इलेक्ट्रिक कारको उत्पादन तथा प्रयोगमा चीन तथा युरोप अमेरिकाभन्दा अगाडि रहँदै आएका छन् ।
यद्यपि अमेरिकामा पनि इलेक्ट्रिक भेइकलको माग बढिरहेको छ । अमेरिकामा टेस्लाका अतिरिक्त लुसिड मोटर्स, जनरल मोटर्स , फोर्ड आदि कम्पनिहरुले इलेक्ट्रिक कारको उत्पादन गर्दै आएका छन् ।
प्रतिक्रिया