भारतमा परमाणुयोग्य क्षेप्यास्त्र परीक्षण
नेपालखोज
२०७८ कार्तिक ११ गते १३:३८

नयाँ दिल्ली । चीनसँगको बढ्दो सीमा विवादकाबीच भारतले अन्तरदेशिय ब्लालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।
बुधबार राति सफलतापूर्वक अग्नी ५ नामक क्षेप्यास्त्र परीक्षण गरेको सरकारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सो क्षेप्यास्त्र बे–अफ बंगाल नजिक खसालिएको बताइएको छ । भारतले परीक्षण गरेको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण करिब ५ हजार किलोमिटरसम्म पुगेको बताइएको छ ।
चीनसँगको कुटनैतिक प्रतिस्पर्धा र आफ्नो रक्षाको लागि भारतले सन् १९९० देखि लामो र मध्यम दुरीको परमाणु र क्षेप्यास्त्र प्रणाली निर्माण गरिरहेको बताइन्छ ।
सम्बन्धित
प्रतिक्रिया