शनिबार, वैशाख १३, २०८२

यी ४ ग्रहले गर्दैछन् स्थान परिवर्तन, को-को हुनेछन् लाभान्वित ?

नेपालखोज २०७८ कार्तिक १२ गते ६:००

यो अंग्रेजी महिना नोभेम्बरमा केही ठूला ग्रहले आफ्नो राशि परिवर्तन गर्दैछन् । यही कार्तिक १६ गते मंगलबारदेखि ( २ नोभेम्बर ) बुध ग्रह तुला राशिमा प्रवेश गर्नेछ । मङ्सिर ५ गते आइतबार ( २१ नोभेम्बर ) बृहस्पति ग्रह कुम्भ राशिमा तथा कार्तिक ३० गते मंगलबार (१६ नोभेम्बर) सूर्य ग्रह वृश्चिक राशिमा प्रवेश गर्नेछ । त्यसका अतिरिक्त शुक्र ग्रह धनु राशिमा रहने छ भने शनि ग्रह मकर राशिमा रहनेछ । ग्रह – नक्षत्रको यो स्थिति चार राशिका स्वामिहरुका लागि विशेष लाभदायक साबित हुनेछ । हेरौं ती चार राशिको स्थिति जसका लागि यो नोभेम्बर महिना भाग्यशाली रहनेछ ।

कर्कट : नोभेम्बर महिना शुभ रहनेछ । नोकरीमा उन्नतिको सम्भावना छ । अचानक धन प्राप्ति हुनसक्छ । यात्राबाट लाभ लिन सकिनेछ भने हाकिमहरुसँगको सम्बन्ध राम्रो रहनेछ । व्यापार – व्यवसायमा प्रगति सम्भब देखिन्छ । जीवनसाथीसँगको सम्बन्ध सुमधुर रहला । घुम – फिरको योजना बन्न सक्छ । लगानीका दृष्टिले यो महिना निकै फलदायक रहनेछ ।

वृश्चिक : हरेक प्रकारका समस्या टाठा हुँदै जानेछन् । नयाँ व्यापार-व्यवसायमा रुची देखापर्ला । कोही खास व्यक्तिसँग भेटघाट हुनसक्छ । कार्यक्षेत्रमा शानदार प्रदर्शन गर्न सकिनेछ । सबैबाट प्रशन्सित भइनेछ । रोकिएका पुराना काम पुरा हुन सक्छन् । धनको बचत गर्न सकिनेछ । यो पूरा महिना आर्थिक समस्या झेल्नुपर्ने छैन ।

धनु : मुद्दा मामिलामा जित हासिल हुनेछ । नयाँ कामको थालनी हुनसक्छ । परिश्रमको पूर्ण फल प्राप्त होला । नोकरी गर्नेहरुका लागि महिना शुभ रहनेछ । कुनै न कुनै लाभको अवसर देखिदैँछ । स्वास्थ्य उत्तम छ । प्रेम जोडीहरु बीचको सम्बन्ध सुमधुर रहला । पुराना मित्रसँग भेटघाटको योग छ ।

मीन : काममा सफलता हात पर्नेछ । पारिवारिक सुख पनि प्राप्त हुनेछ । धन लाभको प्रबल सम्भावना छ । नोकरी परिवर्तन हुनसक्छ । धेरै कुरा तपाईंको पक्षमा हुने वा रहनेछ । समयको भरपुर लाभ उठाउनु होला ।

प्रतिक्रिया