फेसबुकको नाम परिवर्तन, मेटा नामले ब्राण्डिङ गर्न चाहेको मार्कको भनाई
नेपालखोज
२०७८ कार्तिक १२ गते ७:४०

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेर मेटा राखिएको छ । लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेको थियो ।
फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गरेका हुन् । उनले आफ्नो सामाजिक सञ्जाललाई दोस्रो पटक ब्राण्डिङ गर्न चाहेको बताएका छन् ।
युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदलेको हो ।
साथै फेसबुकले आफूलाई केवल सोसल मिडिया भन्दा व्यापक भएको कम्पनीको रुपमा चिनाउन चाहेको जनाएको छ ।
फेसबुकले पछिल्लो समय स्मार्ट चस्मा लगायतका कन्जुमर हार्डवेयर उत्पादन सुरु गरिसकेको छ र यसका लागि १० हजारभन्दा धेरै कर्मचारी खटाइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया