के हो साढे सात दशा ?

ज्योतिषका अनुसार साढे सात दशाले ठुलो अनिष्ठ निम्त्याउँछ । मानिसको मृत्युसम्मै हुने दशा हो, साढेसाती । शनिको दशा र बक्र दृष्टि जसमा पर्छ उनीहरुले शारीरिक समस्या, मानसिक कष्ट, आर्थिक कष्ट, र रोग आदि लगायतको समस्याहरु झेल्नुपर्छ ।शनि ग्रहलाई न्याय र कर्मफलको कारक ग्रहको रुपमा चिन्ने गरिन्छ । अपवादका रुपमा मात्रै मानिसलाई साढे सात दशाले लाभ गर्छ । नत्र तपाईको दशाले पुरै परिवार अनिष्ट गर्छ साढेसातीले ।
शनिको साढे सातको दशा कुण्डलीको अध्ययन गरेर मात्रै थाहा हुन्छ । ज्योतिषको अनुसार शनि ग्रहको साढे सातको दशा ७ वर्षसम्म चल्छ । तर नआत्तिनुहोस् शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ । शनिको साढे सात दशाको दोष निवारण गर्न पनि सकिन्छ ।
जस्तै, शनिबार पारेर फलामका सामग्री शनिदेवको मन्दिरमा चढाउने, हरेक शनिबार शनिको पूजा गर्ने, पिपलको बोटमा पनि विशेष पूजा गर्ने, खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ, शनिबार कालो तिल दान गर्ने, ज्योतिष शास्त्रका अनुसार छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ हुन्छ, हरेक सातामा शमीको रूखलाई पनि पूजा गर्ने, हरेक शनिबार हनुमानको सामुन्ने र्सस्यूको तेलको दीप बाल्ने, नुवाईधुवाई गरी हनुमान चालीसाको पाठ गर्ने गर्दा तपाईंमा भएको शनिको नकारात्मक असर कम हुन्छ ।
प्रतिक्रिया