संसारमा थपिए ५२ लाख नयाँ करोडपति

नम्बर- १ : अमेरिका
सन् २०२० मा सबैभन्दा बढी करोडपति अमेरिकामा थपिए । अमेरिकामा १७ लाख ३० हजार नयाँ मानिसको सम्पत्ति एक मिलियन डलर अर्थात् करिब १२ करोडको हाराहारीमा पुग्यो ।
नम्बर – २ : जर्मनी
जर्मनीमा एक मिलियन डलरभन्दा बढी सम्पत्ति हुनेहरुमा ६ लाख ३३ हजार मानिस थपिए ।
नम्बर – ३ : अस्ट्रेलिया
गएको वर्ष अस्ट्रेलियामा ३ लाख ९२ हजार नयाँ करोडपति देखा परे जसको कुल सम्पत्ति एक मिलियन डलर भन्दा बढी रह्ययो ।
नम्बर – ४ : जापान
क्रेडिट सुइसको रिपोर्ट अनुसार कोरोना महामारीका क्रममा सरकारले गरेको खर्च तथा दिएको अनुदानको सबैभन्दा ठूलो फाइदा धनीहरुलाई नै भयो । त्यसैको लाभ लिदै जापानमा यो वर्ष ३ लाख ९० हजार नयाँ मानिसले एक मिलियन डलरभन्दा बढी आय गरी आफ्नो नाम करोडपतिको सूचिमा दर्ता गराए ।
नम्बर – ५ : फ्रान्स
सन २०२० मा संसारमा कुल ५ करोड ६१ लाख करोडपति थिए । जसमध्ये फ्रान्समा मात्र ३ लाख ९ हजार नयाँ मानिस करोडपति क्लबमा जोडिए ।
नम्बर – ६ : ब्रिटेन
संसारमा कुल जनसंख्याको एक प्रतिशत भन्दा केहि बढी मानिस मात्र करोडपति छन् । जसमा यस पटक बेलायतमा मात्र २ लाख ५८ हजार नयाँ करोडपति थपिए , अर्थात उनीहरुको कुल सम्पत्ति एक लाख मिलियन अमेरिकी डलरभन्दा बढी छ ।
प्रतिक्रिया