आर्यन खान २७ दिनपछि आज रिहा हुँदै
नेपालखोज
२०७८ कार्तिक १३ गते १०:४३

एजेन्सी । हिरासतमा रहेका आर्यन खान आज रिहा हुँदैछन् । उनी लागुऔषध मुद्दामा २७ दिनदेखि हिरासतमा थिए ।
समाचार एजेन्सी पीटीआईका अनुसार आर्यन खान आज जेलबाट बाहिर निस्किनेछन् । बिहीबार साँझ उच्च अदालतले २३ वर्षीय आर्यन खानलाई क्रुजमा लागुऔषध मुद्दामा जमानत दिएको थियो ।
समयमा कागजात नपाउँदा उनले थप एक रात जेलमा बिताउनु परेको थियो । शाहरुख खान शनिबार बिहान आफ्नो घर मन्नतबाट आर्थर रोड जेल गएका थिए ।
आर्यन खानका वकिलले शुक्रबार साँझ ५ः३० बजेसम्म जमानतको कागजात बुझाउन नसकेपछि आर्यन खान शनिबार रिहा हुने बताएका थिए । मोदी सरकारमा महान्यायाधिवक्ता रहेका मुकुल रोहतगीले अदालतमा आर्यन खानको पक्षमा बहस गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया