शनिबार, वैशाख १३, २०८२

सन्देशवाहक काग पुजिँदै !

नेपालखोज २०७८ कार्तिक १७ गते ६:१७


आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि छ ।

काठमाडौं । हिन्दुहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज काग तिहार । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ ।

आज काग तिहारसँगै कुकुर तिहार पनि मनाइँदै छ । कागको पूजा गरी मीठो–मीठो खान दिएर काग तिहार मनाइँदै छ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रूपमा मान्ने गरिन्छ । आजको दिन कागलाई पूजाआजा गरी खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।

हिन्दु धर्मशास्त्रअनुसार यमराजले पृथ्वीका मानिसहरूको जन्म–मृत्युको विवरण राख्ने र त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता छ ।

वैदिक सनातन हिन्दु धर्मानुसार कागलाई यमदूतका रूपमा मानिन्छ । आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि छ ।

प्रतिक्रिया