मंगलबार, असार १७, २०८२

काबुलमा आत्मघाती बम विस्फोट, १९ जनाको मृत्यु

नेपालखोज २०७८ कार्तिक १७ गते ६:४७

काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटमा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । मंगलबार सैनिक अस्पताल नजिकै भएको बम विष्फोटमा कम्तीमा ५० जना घाइते भएका छन् ।

आक्रमणकारीले सैनिक अस्पतालको गेट नजिकै विस्फोट गराएपछि अस्पताल परिसरमा प्रवेश गरी केही राउन्ड गोली पनि चलाएको बताइएको छ ।

अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जामा लिएपछि सैनिक कार्यालयलाई लक्षित गरिएको जस्तो देखिने यो आक्रमणको कुनै समूह वा दलले जिम्मेवारी लिएको छैन ।

अफगानिस्तानमा २० वर्षसम्म अमेरिकी सैन्य गठबन्धनसँग लडेको तालिबान समूहले सत्ता कब्जा लिएपछि देशमा राजनैतिक स्थायित्वका लागि प्रयासरत देखिएको छ ।

प्रतिक्रिया