सोमबार, असार २, २०८२

चाँगुनारायणले चीनबाट फर्केका नेपालीहरुलाई भक्तपुरको खरिपाटीमा राख्न नदिने

नेपालखोज २०७६ माघ २५ गते ९:४४

२५ माघ, काठमाडौँ । चाँगुनारायण नगरपालिकाले चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीमा राख्न नदिने भएको छ ।

हिँजोबाट सुरु भएको नगरपालिकाको छैटौँ नगरसभाले चीनबाट फर्काइएका नेपालीका लागि खरिपाटीमा क्वारेन्टाइन राख्ने सरकारी निर्णयप्रति आपत्ति जनाएको हो ।

नगरपालिकाले सरकारलाई खरिपाटीको विकल्प खोज्न आग्रह गरेको छ । नगरप्रमुख सोमप्रसाद मिश्रले घनाबस्ती रहेको खरिपाटीमा चीनबाट फर्किएका नेपाली राख्ने निर्णय गलत भएको बताएका थिए । सरकारको निर्णयप्रति स्थानीय जनताले समेत विरोध जनाएका छन् ।

प्रतिक्रिया