भ्यान दुर्घटना हुँदा १० को मृत्यु
नेपालखोज
२०७८ कार्तिक १७ गते १३:१२

इस्लामाबाद । पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरमा भएको भ्यान दुर्घटना हुँदा १० व्यक्तिको मृत्यु भएको छ । सर्वसाधारण चढेको एक भ्यान गहिराइमा खस्दा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
दर्जनौको संख्यामा व्यक्तिहरु घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपी यस समाचारको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन् । रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया