शुक्रबार, वैशाख १२, २०८२

बंगलादेशका सेना प्रमुख अहमद काठमाडौंमा

नेपालखोज २०७६ माघ २५ गते ९:५२

२५ माघ, काठमाडौँ । बंगलादेशका सेना प्रमुख अजिज अहमद पाँचदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

अहमदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यसूची छ ।

उनी वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका साथै पोखरासहित अन्य पर्यटकीय स्थान अवलोकनमा जानेछन् । सैनिक नेतृत्वको भ्रमणले दुई देशका सेनाबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्ध थप सुमधुर हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया