प्रदेश १ का केही स्थानमा वर्षा, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
नेपालखोज
२०७८ कार्तिक १८ गते ६:१६

काठमाडौं । आज देशका पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि अन्य स्थानमा मौसम सफा रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने प्रदेश १ को पहाडी क्षेत्रका केही स्थामा वर्षाको सम्भावना छ ।
प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राती पनि देशभर आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
सम्बन्धित
प्रतिक्रिया